Close

म्यानपावर क्षेत्रमा पनि युवा व्यवसायी संघ दर्ता, बैरो व्यवसायी संघकाे औचित्य सकिएको दाबी

म्यानपावर क्षेत्रमा पनि युवा व्यवसायी संघ दर्ता, बैरो व्यवसायी संघकाे औचित्य सकिएको दाबी
  • १९ कार्तिक २०८२, मंगलवार १२:३७

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघकै निर्वाचित पदाधिकारीहरुले वैदेशिक रोजगार व्यवसायी संघ दर्ता गरेका छन् ।

mulpatra

संघकै निर्वाचित सदस्य सुमनराज पाण्डेको नेतृत्वमा उपाध्यक्ष देवी प्रसाद गिरी र महासचिव कृष्ण ढकाल रहेको युवा व्यवसायी संघ दर्ता भएको छ । युवा व्यवसायीको संघ दर्ता भएपछि अहिले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको औचित्यको सकिएको भन्दै म्यानपावर व्यवसायीहरुले प्रश्न उठाउन थालेका छन् ।

नेपाल युवा व्यवसायी संघका प्रथम उपाध्यक्ष अभिनयमान सिंह बस्नेतका अनुसार संघसहित अन्य व्यवसायी संघ र संस्थाको विरुद्धमा नभइ युवा व्यवसायी र वैदेशिक रोजगार व्यवसायीको हकहितका लागि युवा व्यवसायी समेटिएको हो । संघसहित अन्य व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने र युवा व्यवसायी संघ कोही विरुद्ध नभएको उनले स्पष्ट पारे । ‘युवालाई समेट्नका लागि युवा व्यवसायी संघ खोलेको होइन । आउँदो युवा पुस्ताले पनि यसको नेतृत्व गरोस भने व्यवसायीमाथि अनेक क्षेत्रबाट आक्रमण भइरहेको छ । यसका लागि छलफल गर्न युवा व्यवसायी संघ खोलिएको हो ।’ उनले भने

mulpatra mulpatra mulpatra

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विरुद्धमा युवा व्यवसायी संघ खोलिएको प्रचार भइरहेको छ । यो गलत प्रचार भएको उनले जानकारी दिए । वैदेशिक रोजगार व्यवसायीविरुद्ध अनेक किसिमका आक्रमण भइरहेको छ । यसको सुरक्षा र संरक्षणका लागि पनि युवा व्यवसायी संघ आवश्यक रहेको उनको भनाइ छ ।

युवा व्यवसायी संघको अध्यक्ष समुन राज पाण्डे, प्रथम उपाध्यक्ष अभिनयमानसिंह बस्नेत, उपाध्यक्ष देवी प्रसाद गिरी, सचिव कृष्ण ढकाल, सचिव अदनान सम्मद, कोषाध्यक्ष दीपा बढाथोकी, सदस्य सरोज हुसेन, धु्रव जिसी र फडिन्द्र कुमार केसी रहेका छन् ।

पछिल्लो समय नेपाल वैदेशिक रोजगार व्यवसायी संघले म्यानपावर व्यवसायीका हकहितका लागि काम गर्न नसकेको भन्दै आरोप लागिरहेको छ ।

Image Source: © https://mulpatra.com

संघका अध्यक्ष भुवनसिंह गुरुङ नै सिण्डिकेटधारीसँग साँठगाँठ गर्ने, व्यवसायीको हकहितका लागि बोल्न नसक्ने, आफनै व्यवसायीमाथि नचाहिँदो विषयमा खनिने र म्यानपावर व्यवसायीका समस्याका विषयमा छलफल गर्न नसकेको आरोप व्यवसायीले लगाउँदै आएका छन् । यस्तो चर्चा चलिरहेका बेला युवा व्यवसायी संघ दर्ता हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
संघले भने आज मलेसिया रोजगारी सिण्डिकेटविरुद्ध भेला गदै छ । मलेसियाले नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका कम्पनीका लागि मापदण्ड तोकेको छ । तर यसको मुख्य निशानामा नेपाल र बंगलादेशमा परेको म्यानपावर व्यवसायीकै गुनासो छ ।

मलेसियाले नेपाललाई पठाएको मापदण्डभित्र म्यानपावरले १० वटा मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्ने भनिएको छ । इजाजतपत्र लिएको ५ वर्ष हुनुपर्ने, ५ वर्षभित्र कम्तीमा तीन हजार श्रमिक पठाएको हुनुपर्ने, कम्तीमा तीन देशमा श्रमिक पठाएको हुनुपर्ने, १० हजार वर्गफुटमा फैलिएको कार्यालय हुनुपर्ने, म्यानपावर कम्पनी सञ्चालकको असल चरित्रको प्रमाणपत्र भएको हुनुपर्ने, बाध्यकारी श्रम, मानव तस्करी, श्रम कानुनको उल्लङ्घन, मुद्रा अपचलन र अन्य आर्थिक अपराधमा संलग्न नभएको हुनुपर्नेलगायतका मापदण्ड पत्रमा उल्लेख छ ।