मलेसियामा लगाउन खोजिएको सिण्डिकेट व्यवसायीको मौलिक हकमाथिको हमलाः प्रज्ञान न्यौपाने
काठमाडौं । मलेसियामा नेपाली कामदार पठाउने व्यवसायिहरु छनौटको मापदण्डले सिण्डिकेट लगाउन खोजिएको भन्दै नेपाल लोकतान्त्रिक एसोशिएसन का पुर्व अध्यक्ष प्रज्ञान न्यौपानेले उद्योग बचाउन सार्वजनिक अपिल गरेका छन् । हालै मात्र मलेसियामा कामदार पठाउन आवश्यक १० बुँदे मापदण्ड सहितको पत्र मलेसिया सरकारले नेपाल सरकारलाई पठाएपछि स्पष्ट सिण्डिकेट लगाउन खोजिएको देखिएको छ ।

नेपाल लोकतान्त्रिक एसोशिएसन का पुर्व अध्यक्ष प्रज्ञान न्यौपाने ‘एकताका लागि अपिलः सिन्डिकेटबाट हाम्रो उद्योग बचाऔं’ भन्दै म्यानपावर व्यवसायीहरुले छलफल गरेर अघि बढ्नु पर्ने धारणा राखेका छन् ।
मलेसिया भर्नामा सिन्डिकेटको प्रयास भन्दै न्यौपानेले भनेका छन् ‘हाम्रो लागि सबैभन्दा तत्कालको र विनाशकारी खतरा भनेको मलेसिया भर्ना प्रक्रियालाई सीमित, चुनिएका एजेन्सीहरूमा मात्र सिन्डिकेट गर्ने प्रयास हो। शक्तिशाली स्वार्थ र अवैध अभ्यासबाट प्रेरित यो कदमले स्वस्थ प्रतिस्पर्धा, पारदर्शिता र समानता का सिद्धान्तहरूलाई पूर्ण रूपमा कमजोर पार्छ—यो हाम्रो राष्ट्रिय कानुन (जस्तैः प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन) र अन्तर्राष्ट्रिय श्रम मापदण्ड दुवैको उल्लङ्घन हो।’
![]() |
![]() |
![]() |
|---|
Image Source: © https://mulpatra.comनेपाल सरकारले यो विषय अघि बढाए बजार एकाधिकार कायम गर्ने मात्र होइन मलेसिया जाने कामदारको लागत समेत बढ्ने कुरालाई जोड दिँदै उनले अपिलमा भनेका छन् यसलाई अगाडि बढ्न दिइयो भने, यो अवैध सिन्डिकेटले बजारमा एकाधिकार मात्र कायम गर्नेछैन, यसले आप्रवासनको लागतलाई नाटकीय रूपमा बढाउनेछ र हाम्रा कामदारहरूलाई थप ऋणको जालमा फसाउनेछ। यो प्रत्येक इजाजत प्राप्त एजेन्सीको मौलिक अधिकार र प्रत्येक नेपाली आप्रवासी कामदारको हितमाथिको सीधा हमला हो।’
उनले सिमिति म्यानपावर व्यवसायीहरुले यसरी मलेसिया कामदार पठाउन सिण्डिकेट लगाउन खोजेपछि सबै व्यवसायीहरुलाई एकजृुट हुन आव्हान समेत गरेका छन् ।
विज्ञप्तीः

Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



