Close

Recent Posts

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

डाबर ब्राण्डको मह गुणस्तरहीन, तत्काल फिर्ता लिन निर्देशन

डाबर ब्राण्डको मह गुणस्तरहीन, तत्काल फिर्ता लिन निर्देशन
  • ७ जेष्ठ २०८३, बिहीबार ०६:२१

काठमाडौँ । नेपाली बजारमा चर्चित रहेको डाबर ब्राण्डको मह खान अयोग्य भेटिएको छ । बजारमा बिक्री भइरहेको डाबर ब्राण्डको मह गुणस्तरहीन भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

mulpatra

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचनाअनुसार बजार अनुगमन तथा नमुना परीक्षणका क्रममा डाबर ब्राण्डको ५ सय ग्राम प्याकेटको मह गुणस्तर मापदण्डअनुसार नभएको भेटिएको हो ।

विभागले ब्याच नम्बर ‘NB00477’ रहेको उक्त मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ ।

mulpatra mulpatra mulpatra

विभागबाट जारी सूचनाअनुसार उक्त उत्पादनको उत्पादन मिति २०२५÷१२ उल्लेख गरिएको छ भने उपभोग अवधि १८ महिना रहेको छ ।

विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को व्यवस्थाअनुसार सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री वितरण नगर्न तथा नगराउनसमेत निर्देशन दिएको छ ।

उक्त महको उत्पादक कम्पनी डाबर नेपाल प्रा. लि. जितपुर सिमरा बारा रहेको विभागले जनाएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com