निकोलस भुसाल गोरखाबाट पक्राउ
काठमाडौं– तीन दिनदेखि प्रहरीको खोजी सूचीमा रहेका निकोलस भुसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार सार्वजनिक शान्ति सुरक्षामा खलल पु¥याएका कारण पक्राउ गरिएको हो । सार्वजनिक रूपमा अण्ठसन्ठ बोल्दै आएका भुसाललाई प्रहरीले खोजिरहेको थियो । ३ दिनअघि उनले माइतीघरमा प्रदर्शनको आव्हान गरेका थिए । तर, उनी भने आएनन् ।
यसअघि माइतीघरमै प्रदर्शनको क्रममा पक्राउ परेका निकोलसले गाँजा सेवन गरेको पाइएपछि रिह्याव सेन्टरमा राख्ने सर्तमा परिवारको जिम्मा लगाइएको थियो ।
![]() |
![]() |
![]() |
|---|



