गृहमन्त्रीको राजीनामा गराउन दबाब बढाउँदै बालेन, भिक्टर ट्रेन्ड चलाउँदै
काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका भर्चुअल प्लेटफर्मको निकट निजि समूहले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्न थालेका छन् । सार्वजनिक रूपमा माग नगरिए पनि सामाजिक सञ्जालका निजी समूहहरूमा यस्तो अभियान देखिएको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ नगरेको भन्दै उनीहरू आक्रोशित भएका छन् । हालै ‘मेन्स रुम रिलोडेड’ (एमआरआर) नामक फेसबुक समूहमा बालेन टिमसँग जोडिएका केपी खनाल र भिक्टर पौडेल यो अभियानमा सक्रिय देखिएका छन् ।
एमआरआरमा एक युवाले अर्यालको राजीनामा मागेका छन् । खनालले उक्त पोस्टमा ‘लाइक’ गरेका छन् भने भिक्टर पौडेलले लेखेका छन्, ‘यसलाई एउटा ट्रेन्ड बनाऊँ न ।’
![]() |
![]() |
![]() |
|---|
‘बालेन र हामी नेपाल’ समूहका सुदन गुरुङका कानुनी सल्लाहकार समेत भइसकेका अर्याललाई राजीनामा गराउन बालेनको टोली लागिपरेको चर्चा यसअघि पनि सुनिएको हो । तर, यसपटक उनीहरू खुला रूपमा मुखर बनेका छन् ।



