मलेसिया रोजगारीमा सिण्डिकेट स्वीकार्य हुँदैन, जबरजस्ती लगाए आन्दोलनको आँधीबेरी ल्याउने संघको चेतावनी
काठमाडौं– मलेसियाको रोजगारीमा सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हातमा कालोपट्टी बाँधेर ’नो सिन्डिकेट’ व्यानरसहित व्यवसायी भेला गरेको छ ।

मलेसियाको रोजगारीमा सिन्डिकेट स्वीकार्य नहुने भन्दै संघले आन्दोलनको आँधीबेरी ल्याउने सरकारलाई धम्की दिएको छ ।
अनुपम फुडल्यान्ड, बत्तीसपुतलीमा राखिएको व्यवसायी भेलामा वरिष्ठ व्यवसायी हेमबहादुर गुरुङ, नवराज केसी, संघका पूर्वअध्यक्ष तिलकबहादुर रानाभाट, रोहन गुरुङ, विमल ढकाल, प्रेमबहादुर कटुवाल, राजेन्द्र भण्डारी, सल्लाहकार हरिबहादुर पाण्डे क्षेत्री, संघका अध्यक्ष भुवनसिंह गुरुङ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापा, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावल, वैदेशिक रोजगार व्यवसायी नेवा समाजका अध्यक्ष किसन प्रधान, वैदेशिक रोजगार व्यवसायी महिला संघकी उपाध्यक्ष तारा रेग्मी, व्यवसायी मदनकुमार महत, वैदेशिक रोजगार युवा व्यवसायी संघका अध्यक्ष सुमनराज पाण्डेलगायतको उपस्थिति रहेको छ ।
![]() |
![]() |
![]() |
|---|
संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले सरकार जानी–नजानी सिन्डिकेटको जालझेलमा फस्दै गएको र परराष्ट्र मन्त्रालयले समस्याको समाधान गर्न नसकेर कूटनीतिक असफलता देखाएको आरोप लगाए ।
मलेसियाको विदेश मन्त्रालयले नेपाली राजदूतावासलाई पत्र पठाउँदै सूचीकरण हुन चाहने म्यानपावर कम्पनीले लाइसन्स लिएको कम्तीमा पाँच वर्ष र सो अवधिमा कम्तीमा तीन देशमा तीन हजार कामदार पठाएको, कामदार छनोट प्रक्रियालगायत कामका लागि कम्तीमा १० हजार वर्गफुट क्षेत्रफलमा कार्यालय भएको हुनुपर्नेलगायतका मापदण्ड तोकेपछि व्यवसायी आन्दोलित भएका हुन् ।



