किन पक्राउ परे एमाले केन्द्रिय सदस्य पासाङ शेर्पा
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा आदिवासी जनजाति महासंघका अध्यक्ष समेत रहेका पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा उनलाई आज धुम्बराहीबाट प्रहरीले पक्राउ गरेको हो ।

शेर्पालाई काठमाडौं जिल्ला अदालतले चैत २०७९ मा बहुविवाह कसुरमा दोषी ठहर गरेको थियो । जिल्लाकै फैसलालाई उच्च अदालतले समेत सदर गरेको थियो तर पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको शक्तिको आडमा उनी पक्राउ पर्नबाट जोगिइरहेका थिए ।
शेर्पा एमालेको केन्द्रिय सदस्य तथा पार्टीकै तर्फबाट जनजाति महासंघको अध्यक्ष भइरहँदा पनि ओली सत्तामा भइरहँदा कसैले कुरा उठाउन सकेका थिएनन । जेनजी आन्दोलन पश्चात ओली सत्ताच्युत भए पछि गत हप्ता बसेको एमाले सचिवालय बैठकमा शेर्पालाई कारवाही गर्ने विषय पार्टीकै सचिव योगेश भट्टराइले कुरा उठाउँदा समेत ओलीले शेर्पाको बचाउ गर्दै कुरा अन्तै मोडेका थिए ।
![]() |
![]() |
![]() |
|---|
शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा विरुद्ध दायर मुद्धामा १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने निर्णय गरेको थियो ।



