Close

Recent Posts

आज नेकपा माओवादी र समाजवादी सहितको ८ दलले पार्टी एकता गर्दै

आज नेकपा माओवादी र समाजवादी सहितको ८ दलले पार्टी एकता गर्दै
  • २० कार्तिक २०८२, बुधबार ०७:०२

काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र), माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टी सहित ८ दलको एकता सभा आज हुँदैछ । काठमाडौंको भृकुटी मण्डपमा दिउँसो १ बजे वृहत सभा सति एकताको घोषणा गर्ने कार्यक्रम रहेको छ । गत आइतबार भएको एकताको सहमति पत्रमा ८ दलले हस्ताक्षर गरेका थिए ।

mulpatra

नेपाली विशेषताको वैज्ञानिक समाजवादको कार्यक्रम लिएर अघि बढ्ने गरि नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी)नेकपा, नेपाल समाजवादी पार्टी (नेसपा), नेकपा (समाजवादी), जनसमाजवादी नेपाल, नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी) सहित आठ कम्युनिष्ट पार्टी विच एकिकरण र नयाँ बन्ने पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी (समाजवादीं) रहने भएको छ ।

माक्र्सवाद–लेलिनवादको मार्गनिर्देशक सिद्धान्त र पार्टीको तत्कालिन कार्यनीतिमा पुँजीवादी जनवादी कान्तिका उपलब्धिको रक्षा राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने रहेको छ ।

mulpatra mulpatra mulpatra