Close

Recent Posts

भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा

भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा
  • २० कार्तिक २०८२, बुधबार १४:२२

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल र समूहबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ । भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आ–आफ्नो धारणा राखिरहेका छन् ।

mulpatra

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।

सभाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्ने छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ । मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन् ।

mulpatra mulpatra mulpatra

माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू बाहिरिएका छन् । माओवादीसँगको एकताप्रति असन्तुष्ट जनाउँदै आएका एकीकृत समाजवादीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा आएर सम्मेलनमा सहभागी भएका छन् ।

तर, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरू भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन् ।