वार्तामा आउन दुर्गा प्रसाईलाई गृहको पत्र, प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने प्रसाईकाे अडान
काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई गृह मन्त्रालयले वार्तामा आउन पत्राचार गरेको छ । यस अघि विज्ञप्ती मार्फत सबैलाई वार्तामा आउन सरकारले आव्हान गरेको थियो ।

दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले आन्दोलनको कार्यक्रम घोषणा गरेपछि भने अभियानको कार्यालयमै पुगेर गृह मन्त्रालयले वार्तामा आउन आव्हान गरेको छ । अभियानले आगामी मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ ।
उपचारका लागि प्रसाई भारतको नयाँ दिल्लीमा रहेको कारण कार्यालयमा पत्र बुझाए पछि प्रसाईले भने प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने मुलपत्रसँग बताएका छन् । गृह मन्त्रालयले कार्तिक २६ गतेको लागि वार्तामा बोलाइएको पत्रसहित जानकारी दिए पनि जनताको माग गृहमन्त्रीले सम्बोधन गर्न नसक्ने भएका कारण प्रधानमन्त्रीसँग मात्र वार्ता हुने मुलपत्रसँगको कुराकानीमा उनले बताएका हुन् । जनताको माग सम्वोधनको लागि प्रधानमन्त्रीसँग लाइभ वार्ता गर्न आफु तयार रहेको उनको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
यसअघि गत १५ चैतमा प्रसाईंको नेतृत्वमा भएको तीनकुनेमा आन्दोलनमा दुई जनाको ज्यान गएको थियो । सरकारी तर्फबाटै घुसपैठ भएको र सोही कारण आन्दोलन हिंसात्मक बन्दा निर्दोष व्यक्तिको मृत्यु भएको विषय प्रसाई स्वयंले उठाउँदै आएका छन् । घुसपैठ भएको यथेष्ट कारण हुँदा हुँदै पनि सरकार तर्फबाट छानविन नगरिएकाले प्रसाई असन्तुष्ट रहेका छन् ।
जेनजी आन्दोलनमा सरकार तर्फबाट गोली लागि मृत्यु भएकाहरुको जवाफदेहिता सरकारले नलिनु र चैत्र १५ को घटना प्रसाईलाई दोषी देखाउनु प्रतिशोधको राजनीति गर्न खोजेको प्रसाईको सरकार समक्ष आरोप छ ।



