Close

Recent Posts

पूर्व मन्त्री दीपक खड्काले कब्जा गरेको स्काउटको जग्गा र सामान जफत गर्न जारी भयो सुचना

पूर्व मन्त्री दीपक खड्काले कब्जा गरेको स्काउटको जग्गा र सामान जफत गर्न जारी भयो सुचना
  • २१ कार्तिक २०८२, बिहीबार १०:२८

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय मातहतको नेपाल स्काउटले आफ्नो जग्गामा निर्माण भएका संरचना र सो संरचनामा रहेका मालसामान जफत गर्नका लागि ७ दिनको सुचना जारी गरेको छ ।

mulpatra


स्काउटको उक्त जग्गा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले प्रयोग गरिरहेको छ । खड्का ल्याण्ड डेभलपमेन्टले बर्षौदेखि भाडा रकम नतिर्दा स्काउटलाई ठुलो क्षति भएको छ ।

स्काउटले सूचना जारी गर्दै आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचनाको बहालको बक्यौता रकम सात दिनभित्र तिर्न ताकेता गरेको हो । बक्यौता रकम सात दिनभित्र नतिरे अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने स्काउटको प्रधान कार्यालयले चेतावनी दिएको छ ।

mulpatra mulpatra mulpatra


खड्का ल्याण्ड डेभलपमेन्टलाई भाडा तिर भन्दा उल्टै मुद्धामा गएको कारण स्काउटलाई अपुरणीय क्षति भएको समेत सुचनामा उल्लेख गरेको छ ।