Close

Recent Posts

बाबुरामको वैकल्पिक राजनीतिक शक्ति निर्माणको गृहकार्य, डीपी र जनार्दन पनि सहभागी

बाबुरामको वैकल्पिक राजनीतिक शक्ति निर्माणको गृहकार्य, डीपी र जनार्दन पनि सहभागी
  • २१ कार्तिक २०८२, बिहीबार १२:३३

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफल सुरु भएको छ ।
जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्ने उद्देश्यले यस्तो छलफल सुरु गरिएको हो ।

mulpatra

नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस्तो छलफल सुरु भएको जानकारी पूर्वप्रधानमन्त्री भट्टराईले दिएका हुन् ।

छलफलमा पूर्वप्रधानमन्त्री भट्टराईसँगै पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपाका उपसभापति डीपी अर्याल, मानुसी यमी, विवेकशील साझाकी समीक्षा बास्कोटा, उज्यालो नेपालका, गणेश घिसिङ, राजु थापा, नेसपा नयाँ शक्तिकी संयोजक दुर्गा सोब लगायत सहभागी छन् ।

mulpatra mulpatra mulpatra

भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि यो छलफल सुरु भएको बताइएको छ। त्यसको मध्यस्थता डा. भट्टराईले गरेका छन्। ।