बयानका लागि जेनजी आन्दोलनको बेला उपत्यकामा खटिएका प्रहरी कमाण्डरको सूची पुग्यो जाँचबुझ आयोग
काठमाडौं– जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो ।
यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ । २३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको थियो ।
![]() |
![]() |
![]() |
|---|
काठमाडौँ उपत्यकाका अधिकांस क्षेत्रमा प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डरमा टोली खटिएका छन् । प्रहरी वृत्तहरूले आ आफ्नो क्षेत्र हेरेका छन्। सबैभन्दा बढी क्षति भएको नयाँ बानेश्वर क्षेत्रमा भने प्रहरी उपरीक्षक एसपी र एसएसपी समेत फिल्डमा पुगेका थिए ।
तर, उनीहरू सबै सरुवा भइसकेका छन्। जेनजी आन्दोलनपछि काठमाडौँ उपत्यकाका अधिकांस प्रहरी कमाण्डरहरू हेरफेर गरिएको छ । प्रहरीले जाँचबुझ आयोगमा सूची पठाएसँगै अब आयोगले उनीहरूको बयान सुरु गर्ने भएको छ । यसअघि आयोगले फिल्ड निरीक्षण गरेको थियो। नक्खु कारागारका जेलर र बन्दी रवि लामिछानेसँग बयान लिएको थियो ।
अब प्रहरीको बयान सुरु गर्ने आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।
Image Source: © https://mulpatra.com



