शनिवार शनिदेवको पुजा गर्दा मिल्छ यस लाभ
काठमाडौं– आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ । मूर्ति रूप मा गर्नु हुदैन शनिको पूजा । हिन्दु धर्ममा विश्वास राख्ने मानिसहरुले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ ।

विशेष व्रत उपवास बाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् । शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ, शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिला रूपमा विराजमान हुन् ।
यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ । हरेक शनिबार शनिको साथ, पिपलको पनि विशेष पूजा गर्नुपर्छ। पिपल र खुर्सानीमा पानी हाल्दा फल पक्कै मिल्नेछ।शनिबार कालो तिल दान गर्नुहोस्। छालाका जुत्ता र चप्पल पनि दान गर्दा शुभ मानिन्छ।
शनिको प्रभाव र पुजा गर्ने विधि
नव ग्रहहरूमा सातौँ ग्रह मानिने शनिदेव सँग मानिसहरू सबैभन्दा धेरै डराउँछन् तर शनिदेवले कसैको अहित गर्दैनन् । व्यक्तिहरूको कर्म अनुसार न्याय गर्ने मान्यता छ । शनिदेवलाई न्यायाधीश को रूपमा पनि लिइन्छ ।
शनिबारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्त हुने र कुण्डलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ विश्वास छ ।
हरेक हप्तामा शमीको रूखलाई पनि पूजा गर्नुहोस्। तथा शनिबार हनुमानको सामुन्ने सर्सुको तेलको दीप जलाएर हनुमान चालिसाको पाठ गर्नुपर्दछ। शनि पूजा गर्दा यो पाँच मन्त्र को १०८ पटक जप गर्दा शुभ हुन्छ ।
शनिवारको पूजा गर्दा यो कुराको ध्यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउ । शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य प्राप्त हुन्छ।
पहिलो – शनि बीज मंत्र ऊं प्राँ प्रीं प्रौं सः शनैश्चराय नमः ।
दोस्रो – विनियोग मंत्र शन्नो देवीति मंत्रस्य सिन्धुद्वीप ऋषिः गायत्री छंदः, आपो देवता, शनि प्रीत्यर्थे जपे विनियोग
तेस्रो – शनि गायत्री मंत्र ॐ कृष्णांगाय विद्य्महे रविपुत्राय धीमहि तन्नः सौरिः प्रचोदयात ।
चौथो – शनि वेद मंत्र ॐ प्राँ प्रीँ प्रौँ सः भूर्भुवः स्वः ॐ शन्नो देवीरभिष्टय आपो भवन्तु पीतये शंय्योरभिस्त्रवन्तु नः। ॐ स्वः भुवः भूः प्रौं प्रीं प्रां ॐ शनिश्चराय नमः।
पाचौँ – जप मंत्र ऊं प्रां प्रीं प्रौं सः शनिश्चराय नमः।
