Close

Recent Posts

३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा, ९ प्रशासकीय प्रमुखको जिम्मेवारी

३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा, ९ प्रशासकीय प्रमुखको जिम्मेवारी
  • २२ कार्तिक २०८२, शुक्रबार १३:३९

काठमाडौं– ३६ उपसचिवसहित शाखा अधिकृत र नायव शुब्बा गरेर ७३ जना कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार र बिहीबारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो।

mulpatra

३६ जना उपसचिवको सरुवा गर्दा ९ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

जसमा पदमबहादुर बुढालाई दैलेखको दुल्लु नगरपालिका, मंगलबहादुर शाहीलाई बर्दियाको ठाकुरबाबा नगरपालिका, शिवराज रेग्मीलाई लमजुङको राईनास नगरपालिका, महमदशेरे मुस्तफालाई रौतहटको देवाहीगोनाही नगरपालिका, बिकाउकुमार यादवलाई रौतहटको राजदेवी नगरपालिका, सुर्यप्रसाद गौतमलाई बाराको निजगढ नगरपालिका, ओमप्रकाश महतोलाई धनुषाको हंशपुर नगरपालिका, डम्बरबहादुर जिसीलाई बागलुङको गल्कोट नगरपालिका र सुनिल निरौलालाई झापाको दमक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

mulpatra mulpatra mulpatra

यस्तै, ५ जना उपसचिवलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीबाट सरुवा गरेर अन्यत्र पठाइएको छ । जसमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका प्रेम सुवेदी, बर्दियाको ठाकुरबाबा नगरपालिका छविलाल नेपाली, कैलालीको भजनी नगरपालिकाका राजेन्द्रप्रसाद पन्थी, बाराको निजगढ नगरपालिकाका राजेन्द्रबहादुर अर्याल र बागलुङको गल्कोट नगरपालिकाका सुर्यप्रसाद उपाध्यायलाई अन्यत्र सरुवा गरिएको छ ।