Close

Recent Posts

कारागार प्रशासनकै आग्रहमा जेलबाट निस्किएको रविको बयान

कारागार प्रशासनकै आग्रहमा जेलबाट निस्किएको रविको बयान
  • २२ कार्तिक २०८२, शुक्रबार १४:४२

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले नख्खु कारागार प्रशासनकै आग्रह र अनुरोधमा आफू कारागारबाहिर निस्किएको दाबी गरेका छन् ।

mulpatra

जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा बयान दिँदै लामिछानेले त्यो दिन (भदौ २४ गते) तपाईं बाहिर ननिस्किए प्रदर्शनकारीहरूले कारागारमै आक्रमण र तोडफोड गर्ने अवस्था आउने भनेपछि आफू निस्किएर गएको भनी बयान गरेका हुन् ।

‘त्यो दिन म कारागारमै बसिरहेको थिएँ, प्रदर्शनकारीहरूले नाराबाजी र प्रदर्शन गर्दै हामी बसेको कारागारतिर आएपछि सुरक्षाकर्मीहरू र कारागार प्रशासनले जेल जोगाउनै नसक्ने अवस्था भएछ,’ लामिछानेको बयान उद्धृत गर्दै आयोगसम्बद्ध स्रोतले भन्यो, ‘बाहिरको प्रदर्शन बढ्दै गए र कारागारमाथि आक्रमण भए कैदीबन्दी नै जोगाउन नसक्ने अवस्था हुने भएपनि उहाँहरूले नै मलाई गइदिनुप¥यो भनेपछि म निस्किएको हुँ ।’

mulpatra mulpatra mulpatra

जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूले दुई दिन नख्खु कारागारको स्थलगत निरीक्षण गर्नुका साथै त्यहाँका कैदीहरूको नाईके तथा भाइनाइकेहरूसँग सोधपुछ गरेको थियो । स्थलगत अध्ययन र सोधपुछपछि आयोगले १९ कात्तिकमा लामिछानेको बयान लिएको हो ।

लामिछानेलाई प्रश्न सोध्ने, अनि आयोगका कर्मचारीहरूले जवाफ टाइप गर्ने काम भइरहेको थियो । लामिछानेले ‘तपाईंहरूले यसरी काम गर्दा त निकै ढिला हुन्छ, एआई (आर्टिफिसियल इन्टेलिजेन्स) टुल प्रयोग गरेर बोलेको कुरा लिपिबद्ध हुनेगरी छिटो गर्नुहोस्’ भनेर सुझाब दिए ।

लामिछानेले नै सहजीकरण गरेर मौखिक बयान लिपिबद्ध हुने काम गरे । उनले बोलेको कुरा लिपिबद्ध गरी लामिछानेले नै रुजु गरेपछि उनको औंठाछाप र हस्ताक्षर सहित अभिलेखिकृत गरिएको थियो । उनले गरेको बयान करिब १० पेज भएको छ ।

Image Source: © https://mulpatra.com