कक्षा १२ को पूरक परीक्षाको नतिजा, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको नतिजामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।

कक्षा १२ को परीक्षामा सहभागी ५ लाख ११ हजार परीक्षार्थी मध्ये १ लाख ४ हजार २६ जना विद्यार्थी पुरक परिक्षामा सहभागी भएका थिए । सहभागी विद्यार्थीहरु मध्ये ७६ हजार ३ सय ६७ जना उत्तीर्ण भएका हुन् ।
नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइट र नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर समेत हेर्न सकिने छ ।
