दल दर्ताका लागि निर्वाचन आयोगमा नेपाली कम्युनिस्ट पार्टीका नेताहरु
काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका १० दल मिलेर घोषणा गरिएको नेपाली कम्युनिष्ट पार्टी दल दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

एकता कार्यक्रमको भोली पल्ट नै दल दर्ताका लागि नेताहरु आयोग पुगेका थियो । केही कागजात नपुग भएकोले सो सहित दल दर्ताका लागि आयोग पुगेको सहभागी एक नेताले बताए ।
जेनजी आन्दोलन पछि बनेको सरकारले आगामी २१ फागुनमा निर्वाचनको मिति घोषणा गरेको छ । त्यसका लागि निर्वाचनमा भाग लिने राजनीतिक दलले यही ३० कात्तिकभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।
