रिभेरा इन्टरनेसनलमा चित्रकला तथा स्टिम सहितको शैक्षिक प्रदर्शनी
काठमाडौं । रिभेरा इन्टरनेसनल एकेडेमीले विज्ञान तथा कला प्रदर्शनीको आयोजना गरेको छ । शनिवार विद्यालयको प्राङ्गणमा किन्डरगार्डेन देखि कक्षा १० सम्मका विद्यार्थीले बनाएका विभिन्न हस्तकला, चित्रकला र विद्यार्थीले ‘स्टिम’ परियोजनामा सिकेका कुरालाई प्रदर्शन गर्दै विभिन्न परियोजनाहरु प्रदर्शन गरेका थिए ।

विद्यार्थीहरूको नविनतम् सोच, सिर्जनशीलता, तथा व्यावहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले विद्यार्थीहरूले बनाएका विभिन्न प्रयोगात्मक विज्ञान परियोजना, चित्रकला तथा हस्तकला सामग्री प्रस्तुत गरिएको थियो ।
प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञानका विविध विषयवस्तुमा आधारित विभिन्न मोडल तथा परियोजनाहरू प्रदर्शन गरेका थिए । विद्यार्थीले तयार गरेका हस्तकला, चित्रकला लगायत वातावरण संरक्षण, बनस्पती, जनावर, ऊर्जा उत्पादन, हाइड्रोलिक सिस्टम, रोबोटिक्स जस्ता विज्ञानका विभिन्न परियोजनाहरु अभिभावकहरुले र विद्यार्थीहरुले समेत हेर्ने र सिक्ने र हेर्ने मौका पाएका छन् । प्रदर्शनीमा एआईमा आधारित विभिन्न किसिमका रोबोर्टहरुले सबैको ध्यान खिचेको थियो । मनमोहक रहेको किन्डरगार्टेन तहको सृजनात्मक परियोजनाहरू सहित प्रदर्शनीमा भर्चुअल रियालिटी टुर समेत गराइएको थियो ।
विज्ञान, प्रविधि, इन्जीनियरीङ, कला र गणित को एकीकृत शिक्षण पद्धतिका रुपमा विकास भएको स्टीम शिक्षालाई रिभेराले अंगालेको छ । विद्यार्थीलाई व्यावहारिक, सिर्जनशील, समस्या समाधानमूलक तथा नवीनतम प्रविधिसँग जोडिएको सिकाइ वातावरण स्टीम शिक्षाले प्रदान गर्ने विद्यालयका प्रिन्सीपल प्रज्वल कोइरालाले जनाएका छन् । त्यही ज्ञानको खोजिको नतिजा विद्यालयको यो शैक्षिक प्रदर्शनी रहेको कोइरालाले जनाएका छन् ।
विद्यालयले सामाजिक उत्तरदायित्वलाई समेत मध्यनजर गर्दै तिलगंगा सिटी आइ केयर सेन्टर र ॐ समाज डेन्टल हस्पिटल, चाहबिलको सहकार्यमा निशुल्कः आँखा तथा दन्त शिविर समेत गरेको छ । विद्यालयले विज्ञान तथा कला प्रदर्शनीमा राखिएको निशुल्क आँखा तथा दन्त शिविरमा तीन सय बढीले चेकजाँच गराएको विद्यालय सन्चालक समिति अध्यक्ष नरेन्द्र भट्टराईले जनाएका छन् ।
भिडियोः
