मधेश प्रदेशमा एमालेको नेतृत्वमा नयाँ मुख्यमन्त्री

मधेश प्रदेशमा एमालेको नेतृत्वमा नयाँ मुख्यमन्त्री
  • २५ कार्तिक २०८२, सोमबार ०७:४८

काठमाडौं । मधेश प्रदेशका एमाले संसदीय दल नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन्। नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका यादव अघिल्लो सरकारमा समेत भौतिक मन्त्रालयको जिम्मेवारीमा थिए ।

mulpatra

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अबेर राति यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। प्रदेश सभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रूपमा रहेको छ। मधेस प्रदेश सभामा एमालेको २५ सिटको छ।

कांग्रेस–एमालेको सहकार्यमा बनेको सरकार ढलेपछि साना दलको सहयोगमा जिनेत्द्र सोनल गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर, मुख्यमन्त्रीमा नियुक्त भएकै दिन सिके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको थियो भने नेकपा (माओवादी केन्द्र) हाल नेपाली कम्युनिष्ट पार्टीका दुई प्रदेश सांसदले दलको ह्विप र निर्देशन तोडेपछि सोनलले विश्वासको मत लिनै पाएनन र महिना दिन नपुग्दै मधेशले नयाँ मुख्य मन्त्री पाएको छ ।

mulpatra mulpatra mulpatra