मधेशकी प्रदेश प्रमुखको कार्यालय अगाडि पनि तोडफोड

मधेशकी प्रदेश प्रमुखको कार्यालय अगाडि पनि तोडफोड
  • २५ कार्तिक २०८२, सोमबार ११:४८

काठमाडौं– मुख्यमन्त्री नियुक्त विवादले मधेश प्रदेशमा तनाव बढेको छ । आक्रोशित विपक्षी गठबन्धनका नेताहरूले मुख्यमन्त्री कार्यकक्ष नै तोडफोड गरेका छन् ।

mulpatra

एमालेबाहेक दलहरूका नेता कार्यकर्ताले सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् । मधेसका नेपाली कांग्रेसलगायत सात दलका नेता र कार्यकर्ताले मुख्यमन्त्री कार्यालयपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालय पनि तोडफोड गरेका छन् ।

आक्रोशित सांसद वीरेन्द्रकुमार सिंहले नेपालको राष्ट्रिय झण्डा निकालेर फालेका छन् । साथै, मुख्यमन्त्रीको कुर्सी पनि तोडफोड गरेका छन् । भने, अर्काले कुर्सी फालेका हुन् ।