वैदेशिक रोजगारीका समसामयिक विषयमा युवा व्यवसायी संघको जोड, श्रम सविचलाई बुझायो ध्यानाकर्षण पत्र
काठमाडौं– नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई आज वैदेशिक रोजगारी क्षेत्रका केही महत्वपुर्ण विषयमा ध्यानाकर्षण पत्र बुझाइएको छ ।

संघका पदाधिकारीहरूले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्ण हरि पुष्करलाई उनकै कार्यकक्षमा भभेटी वैदेशिक रोजगार क्षेत्रका महत्वपूर्ण विषयहरूमा मन्त्रालयलाई औपचारिक रुपमा ध्यानाकर्षण पत्र बुझाएको हो ।
जेनजी आन्दोलनपछि वैदेशिक रोजगारी क्षेत्रमा केही समस्या देखिएका छन् । ती समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्ण हरि पुष्करलाई ध्यानाकर्षण पत्र बुझाएको संघका महासचिव कृष्ण ढकालले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
श्रम सचिवले नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघको ध्यानाकर्षण पत्रलाई महत्व दिदै तत्काल छलफलका लागि ध्यानाकर्षण पत्र अघि बडाउने आश्वासन दिएको ढकालले बताए । ‘वैदेशिक रोजगारी क्षेत्रमा भएका समस्या र सरकारले गर्नुपर्ने कामलाई हामीले जोड दिएका छौं । जेनजी आन्दोलनपछि रोजगारदाता देशले सुरक्षाको कारण देखाउँदै भिसामा कडाइ गर्दै छन् । यस विषयमा सरकारले तत्काल पहल गर्नुपर्छ ।’ उनले भने
यस्तै वैदेशिक रोजगारीका नाममा बेथीति र यस क्षेत्रमा कसैले सिण्डिकेट जस्ता गतिविधि गर्न खोजेको त्यसको प्रतिवाद गर्ने वैदेशिक रोजगार युवा व्यवसायी संघका अध्यक्ष सुमन राज पाण्डेले जानकारी दिए । वैदेशिक रोजगारीले देशको अर्थतन्त्रलाई जोगाउँदै र बेरोजगार समस्या समाधान गरिरहेको र वैदेशिक रोजगारीलाई सुरक्षीत र कामदारमैत्री व्यवसायी बनाउनुपर्ने उनले बताए ।
उक्त ध्यानाकर्षण पत्रमा निम्न विषयहरू समावेश गरिएका छन्ः
Image Source: © https://mulpatra.com
१. जापान प्रशिक्षार्थी कामदार पठाउने (JITCO) इजाजतपत्र नविकरण प्रक्रिया शीघ्र पूरा गर्न अनुरोध।
२. युरोपेली मुलुकहरूमा मागपत्र प्रमाणिकरण प्रक्रिया तत्काल सञ्चालन गर्न आवश्यक पहल गर्न आग्रह।
३. संयुक्त अरब इमिरेट्स (UAE) मा नेपाली कामदारहरू पठाउन भिजा प्रक्रियामा देखा परेका समस्याहरू समाधान गर्न कूटनीतिक पहल गर्न अनुरोध।
४. फ्रि वैदेशिक रोजगारी सम्बन्धी भ्रम अन्त्य गरी राजस्व प्रणालीमा पारदर्शिता कायम गर्न ध्यानाकर्षण। नेपाल वैदेशिक रोजगार युवा व्यवसायी सघले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेस गरेको ध्यानाकर्षण पत्रमा उठाइएका विषयहरूबारे मन्त्रालयका सचिव डा. कृष्ण हरि पुष्करले आफ्नो धारणा सार्वजनिक गर्दै वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताएका छन्।
संघले पेस गरेको ध्यानाकर्षण पत्रमा उल्लेखित विषयहरूको सम्बन्धमा सचिव डा. पुष्करले मन्त्रालयले विभिन्न तहमा ठोस पहल गरिरहेको जानकारी दिएका छन्। उनका अनुसार JITCO लाइसेन्स नवीकरण र यससँग सम्बन्धित समस्याको समाधानका लागि मन्त्रालयका सह -सचिव पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन भई कार्य अघि बढाइएको र १० दिन जतिमा JITCO समस्या समाधान गर्ने गरि कार्य अघि बढाइएको मन्त्रालय का सचिव डा.पुष्कर ले जानकारि गराउनु भएको छ। त्यसैगरी, युरोपेली मुलुकहरूका मागपत्र (डिमान्ड लेटर) प्रमाणिकरण प्रक्रियाका सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग पटक–पटक पत्राचार भइसकेको र यो समस्या शीघ्र समाधान हुने विश्वास सचिव पुष्करले व्यक्त गर्नु भएको छ।
सचिव डा. पुष्करका अनुसार संयुक्त अरब इमिरेट्स (UAE) रोजगारीका क्रममा भिसा प्रक्रियामा देखिएका समस्याहरू समाधानका लागि श्रम तथा रोजगार मन्त्रालय, परराष्ट्र मन्त्रालय ,नेपाली दूतावास र UAE सरकारका बीच कूटनीतिक पहल भइरहेको छ र निकट भविष्यमै सकारात्मक नतिजा आउने अपेक्षा गरिएको छ। त्यस्तै, वैदेशिक रोजगारमा लाग्ने फ्री सेवा शुल्क सम्बन्धी विषयमा मन्त्रालयले अर्थ मन्त्रालयलाई राय–सुझाव पठाइसकेको जानकारी पनि सचिव पुष्करले सघलाइ बताउनु भएको छ ।
संघका तर्फबाट उठाइएका हरेक मुद्दालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको भन्दै सचिव डा. पुष्करले आफ्नो कार्यकालमै वैदेशिक रोजगार क्षेत्रमा देखा परेका समस्या समाधान गरी व्यवसायीहरूको हकहितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ्। मन्त्रालयको यस सक्रियता र सकारात्मक दृष्टिकोणप्रति नेपाल वैदेशिक रोजगार युवा व्यवसायी संघले खुशी र सन्तोष व्यक्त गर्दै डा . पुस्कर ज्यु लाइ नेपाल बैदेशिक रोजगार युवा व्यवसायि सघको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।



