‘राष्ट्रघाति विद्युत् सम्झौता’ गरेको भन्दै जेनजीले मागे घिसिङको राजिनामा

‘राष्ट्रघाति विद्युत् सम्झौता’ गरेको भन्दै जेनजीले मागे घिसिङको राजिनामा
  • २६ कार्तिक २०८२, मंगलवार १५:२९

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल पदमुक्त गर्न माग गरेको छ । भारतको कम्पनी पीटीसी इण्डियासँग भएको विद्युत् खरिद सम्झौतामा घिसिङको संलग्नता देखिएको भन्दै संगठनले उनलाई ‘राष्ट्रघाती सम्झौतामा सहभागी’ भएको आरोप लगाएको हो ।

mulpatra

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री घिसिङ र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालको मिलेमतोमा ४३ करोड रुपैयाँ बराबरको नोक्सानी हुनेगरी गैरकानूनी सम्झौता गरिएको मुभमेन्टका प्रवक्ता विजय साहद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ,‘यो सम्झौता विद्युत नियमन आयोगको स्वीकृति बिना गरिएको स्पष्ट भइसकेको छ, जसले देशको आर्थिक स्वाधीनतामाथि प्रहार गरेको छ ।’

mulpatra mulpatra mulpatra

जेनजी मुभमेन्टले घिसिङलाई तत्काल बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न उनीहरुले माग गरेका छन् ।

यस्तै, प्राधिकरणका निर्देशक सिलवाललाई निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्न र विद्युत नियमन आयोगमार्फत सबै सम्झौता सार्वजनिक गर्न माग गरेको छ ।

संगठनले राष्ट्रघाती सम्झौतामा संलग्न सबैलाई कानुनी कारबाही गरी राज्यको सम्पत्ति फिर्ता गराउन पनि सरकारसँग माग गरेको छ ।

Image Source: © https://mulpatra.com