Close

Recent Posts

पाँच तरिका बताउँदै मतदाता नामावलीमा नाम दर्ता गराउन प्रचण्डको अपिल

पाँच तरिका बताउँदै मतदाता नामावलीमा नाम दर्ता गराउन प्रचण्डको अपिल
  • २७ कार्तिक २०८२, बुधबार १०:३४

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामाी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन सम्बन्धित सबै नागरिकलाई अपिल गरेका छन् ।

mulpatra

बुधबार बिहान भिडिओ सन्देश जारी गर्दै उनले नाम दर्ताका लागि पाँच बुँदामा तरिका पनि बताएका छन्।

१. जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थलमा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिई जानुपर्दछ। नागरिकताको प्रमाणपत्रमा रहेको भन्दा भिन्नै ठेगानामा हाल स्थायी बसोबास गरेको भए नागरिकता प्रमाणपत्रको अतिरिक्त देहायका प्रमाणहरूसमेत पेस गर्नुपर्दछ।

mulpatra mulpatra mulpatra

(क) बसाइँ सरी आएको प्रमाणपत्र वा

(ख) विवाह गरी हालको स्थायी ठेगानामा आएको हकमा विवाह दर्ता प्रमाणपत्र।

कुनै व्यक्तिको नाम मतदाता नामावलीमा दर्ता गर्दा निजको जन्म वा उमेर वा बासस्थान नागरिकताको प्रमाणपत्रबाट मात्र खुल्न नसकेमा नाम दर्ता अधिकारीले थप प्रमाणको रूपमा जग्गाधनी प्रमाणपुर्जा वा शैक्षिक योग्गताको प्रमाणपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र माग गर्न सक्नेछ। उक्त प्रमाणहरू पेस गर्न नसकेमा नाम दर्ता अधिकारीले तेस्तो व्यक्तिसँग सम्बन्धित गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको सिफारिस माग गर्न सक्दछ।

Image Source: © https://mulpatra.com

२. आयोगले तोकेको मतदाता नामावली संकलन फाराम भर्नुपर्दछ।

३. तोकिएबमोजिम फोटो खिचाउनुपर्दछ। फोटोको लागि कुनै शुल्क तिर्नुपर्दैन।

४. औँलाहरूको रेखात्मक छाप दिनुपर्दछ। यस्तो औँला छाप विद्युतीय माध्यमबाट संकलन गरिन्छ।

५. दर्ता सम्पन्न भइसकेपछि दर्ता कर्मचारीबाट प्राप्त हुने अर्धकट्टी आफ्नो नाम दर्ता गरेको प्रमाण स्वरूप सुरक्षित राख्नुपर्दछ।