प्रसाई समुह–गृहमन्त्रीबीच वार्ता: प्रधानमन्त्रीसँग छलफल गरेर प्रसाईका माग सम्बोधन गरिने
काठमाडौं– सरकार र दुर्गा प्रसाईं नेतृत्वको ’नागरिक बचाउ महाभियान’ को टोली वार्तामा बस्न लागेका छन् । महाभियानका केन्द्रीय प्रवक्ता माधवप्रसाद खतिवडा, प्रेम थापा मगरसहितका नेताहरु वार्ताका लागि सिंहदरबार पुगेका हुन् । प्रसाईं स्वयं भने वार्तामा बसेनन् ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगालसहित अन्य कर्मचारीको सहभागिता रहेको गृह मन्त्रालयले जनाएको छ । प्रसाई समुहसँग भएको वार्तामा दुर्गा प्रसाईले उठाएका मुख्य एजेण्डाका विषयमा मन्त्रीपरिषद र प्रधानमन्त्री सुशिला कार्कीसँग छलफल गरी सम्बोधनका लागि पहल गर्ने गृहमन्त्री बताएका छन् ।
देशले आन्दोलन थेग्न सक्दैन । जसका कारण आन्दोलनभन्दा वार्ताबाट निकास निकाल्नुपर्ने पक्षमा गृहमन्त्री रहेको वार्ता टोलीका महाभियानका केन्द्रीय प्रवक्ता माधवप्रसाद खतिवडाले जानकारी दिए । ‘हामीले देश र जनताको आवाज बोलिरहेको र यो महाअभियानको भन्दा समग्र नेपालीको माग भएको हामीले छलफलमा आफनो भनाइ रहेको उनले बताए । गृहमन्त्री पनि वार्ताप्रति सकारात्मक हुनुहुन्छ । उहाँले हाम्रो माग प्रधानमन्त्री ज्युसँग छलफल गर्ने र सक्ने जति तत्काल समाधान गर्ने वार्ताका क्रममा बताउनु भएको छ ।’ उनले भने । हाल वार्ता जारी छ ।
![]() |
![]() |
![]() |
|---|
मंसिर ७ गतेदेखि मेची–महाकाली आन्दोलनको घोषणा गरेको यो समूहलाई वार्तामा आउन सरकारले कात्तिक १८ गते पत्र पठाएका थियो । पत्र लिएर गएको टोलीलाई प्रवक्ता खतिवडाले आफ्ना संयोजक प्रसाईं प्रधानमन्त्रीसँग मात्र वार्तामा जानकारी दिएका थिए ।
सरकारले १८ कात्तिकमा प्रसाईंले नेतृत्व गरेको नागरिक बचाउ महाअभियानको कार्यालयमा पत्र पठाएर वार्तामा बोलाएको थियो । तर मन्त्रीस्तरीय वार्तामा दुर्गा प्रसाईं सहभागी नभएर खतिवडाको नेतृत्वको टोली वार्तामा पठाएका हुन् ।
मागपत्रमा संविधान खारेजदेखि, हिन्दुराष्ट्र पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेको छ ।
Image Source: © https://mulpatra.com
प्रसाईका माग









