Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

७ बुँदे हस्ताक्षर गर्दै नेकपामा समाहित हुने भयो भीम रावलको मातृभूमि जागरण अभियान

७ बुँदे हस्ताक्षर गर्दै नेकपामा समाहित हुने भयो भीम रावलको मातृभूमि जागरण अभियान
  • २७ कार्तिक २०८२, बुधबार १४:०७

काठमाडौँ । नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी सहितका दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकिकरण हुने भएको छ ।

mulpatra

नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएसँगै आज राष्ट्रिय सभागृहमा कार्यक्रम गर्ने भएका छन् ।
राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा नेकपाका संयोजक प्रचण्ड, माधव नेपाल र भिम रावलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबिच सहमति गर्दै नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभिमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दवावबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने प्रतिवद्धता जनाएका छन् ।

mulpatra mulpatra mulpatra

समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक(सामाजिक रुपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने, आगामी ६ महिना भित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने ।, पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने । सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने जस्ता बुँदाहरु समेटिएका छन् ।