Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

निजामती कर्मचारी, प्रहरी र शिक्षकको तलब न्यूनतम एक लाख तोक्न सरकारसँग प्रसाईंको माग

वैदेशिक रोजगारीको विकल्प खोज्न सुझाव

निजामती कर्मचारी, प्रहरी र शिक्षकको तलब न्यूनतम एक लाख तोक्न सरकारसँग प्रसाईंको मागवैदेशिक रोजगारीको विकल्प खोज्न सुझाव
  • २७ कार्तिक २०८२, बुधबार १९:५२

काठमाडौं– दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको मासिक तलब न्यूनतम एक लाख हुनुपर्ने माग राखेको छ ।

mulpatra

आज प्रसाईंको टोलीका प्रतिनिधिले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर २७ बुँदै माग राखेका छन् । मागपत्रको २२ नम्बरमा निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको मासिक तलब न्यूनतम एक लाख हुनुपर्ने माग राखिएको छ ।

जीवन निर्वाहका लागि पर्याप्त तलब हुँदा भ्रष्टाचार रोकिने आशयसहित यो माग राखिएको छ । भनिएको छ, ‘जीवन निर्वाहका लागि पर्याप्त तलब हुँदासमेत भ्रष्टाचारमा संलग्न भएको पाइए जागिरबाट निकाली आजीवन काराबासको कानुन निर्माण हुनुपर्छ ।’ उनले बुँदा नम्बर २२ मा निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको मासिक तलब न्यूनतम एक लाख हुनुपर्ने माग राखेका छन् ।
साथै प्रसाईले वैदेशिक रोजगारीमा गएका ७ हजार नेपाली जेलमा रहेको समेत आफनो माग खुलाएका छन् ।

mulpatra mulpatra mulpatra

महाअभियानले नेपालको संविधान खारेजी, हिन्दु अधिराज्य स्थापना, प्रदेश संरचना खारेज गरी पाँच विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्नुपर्नेलगायत माग राखेको छ ।

त्यस्तै, अन्य मागहरूमा जेन–जीका मागहरू सम्बोधन गर्नुपर्ने र तत्कालीन सरकारका उच्चपदस्थहरूलाई पक्राउ गरी छानबिन गर्नुपर्ने मागहरूसमेत रहेका छन् ।