गृहमन्त्री ओमप्रकाश अर्याल त एमालेकै कार्यकर्ता जस्तो लागेको सुदनको आरोप
काठमाडौँ– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आफैँले बनाएको दावी गर्ने जेन्जी आन्दोलनपछि चर्चामा आएका हामी नेपालका संयोजक सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालमाथि फेरि आक्रामक बनेका छन् ।

नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै देखिएका गुरुङले गृहमन्त्री अर्याल एमालेजस्तो लाग्न थालेको टिप्पणी गरे । उनले जंगी अड्डादेखि शीतल निवाससम्म आफूहरुसँग संविधानविद्का रुपमा उपस्थित भएका अर्यालले अहिले आएर चुनावमात्र भन्दै ढाँट्ने काम गरेको आरोप लगाए ।
गुरुङले भने, ‘उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ, हाम्रो एजेण्डा भनेको देशलाई न्याय हो र व्यवस्था परिवर्तन हो । यो व्यवस्थामा हामी चुनावमा जान्छौँ र ? देशलाई न्याय नभई हामीलाई न्याय नभई हामी चुनाव हुनै दिँदैनौँ । उहाँले त जेन्जीहरुलाई समातिराख्नु भएको, यतापट्टि पोलिटिकल पार्टीकालाई छोएको पनि छैन । मलाई त कहिलेकहिले उहाँ त एमालेको पो हो कि जस्तो लाग्छ, हाम्रो गृहमन्त्रीज्यू ।’
![]() |
![]() |
![]() |
|---|
उनले जेन्जीहरुलाई मिलाउन आफू २ महिनादेखि लागेको भन्दै वडासम्मै समितिहरु बनाइसकेको दाबी गरे । उनले चाँडै आफूले अबको योजना खुलासा गर्न लागेको बताए ।



