Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

मंसिर ४ गतेभित्र सरकारले २७ बुँदे माग पुरा नगरे शसक्त आन्दोलन गर्ने प्रसाईको अल्टिमेटम

संविधान खारेज, निजामति कर्मचारीको तलब १ लाखदेखि ऋण मिनाहासम्म

मंसिर ४ गतेभित्र सरकारले २७ बुँदे माग पुरा नगरे शसक्त आन्दोलन गर्ने प्रसाईको अल्टिमेटमसंविधान खारेज, निजामति कर्मचारीको तलब १ लाखदेखि ऋण मिनाहासम्म
  • २८ कार्तिक २०८२, बिहीबार १७:१३

काठमाडौं– बुधबार दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ । सरकारले यी माग मंसिर ४ गतेभित्र सम्बोधन नगरे मंसिर ७ गते शसक्त आन्दोलन गर्ने प्रसाईले सरकारले अल्टिमेटम दिएका छन् ।

mulpatra

बुधबार सरकार र दुर्गा प्रसाईं नेतृत्वको ’नागरिक बचाउ महाभियान’ को टोली वार्तामा बसेको थियो । वार्तामा सरकारको तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव रामेश्वर दंगालसहित अन्य कर्मचारीको सहभागिता थिए ।

प्रसाईले गृहमन्त्रीसँग भएको वार्तामा प्रसाईले आफनो महाअभियानका तर्फबाट २७ वटा माग राखेका थिए । उक्त माग सरकारले मंसिर ४ गतेभित्र सम्बोधन नगरे शसक्त आन्दोलन गर्ने प्रसाईको अल्टिमेटम दिएका छन् । मूलपत्रसँग कुराकानी गदै आफुले बुधबार गृहमन्त्रीसँग भएको औपचारिक वार्तामा जनताका लागि लडेको र आफनो माग पनि जनताकै भएको उनले बताएका छन् ।

mulpatra mulpatra mulpatra

सरकारले वार्तामा बोलाएकोमा धन्यवाद छ । हिजो महाअभियानका सार्थीहरु गएर आफनो माग राखेर वार्तामा बसेर फर्किएको उनले बताए । ‘आफु चाहि प्रधानमन्त्रीसँग वार्तामा बस्ने हो । तर हाम्रो माग मंसिर ४ गतेभित्र सम्बोधन भएन भने मंसिर ७ गतेदेखिशसक्त आन्दोलन सुरु हुन्छ । यो जनताको विशुद्ध आन्दोलन हो । देशको परिवर्तन चाहने जनता स्वत आन्दोलनमा उक्रिन्छन् ।’ उनले भने ।

यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली कांग्रेस बीपीसँग सहकार्य गरेका छन् । आन्दोलनको तयारी अनुसार उनले यही कात्तिक २३ गते काठमाडौंको सुकुमवासी बस्तीमा कार्यक्रम गरेर आन्दोलनका लागि अपिल गरेका थिए ।

आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै प्रसाईं र उनको समूहमा रहेकाहरुमाथि निगरानी बढाइएको सुरक्षा अधिकारीहरु बताउँछन् । प्रसाईले तीन वर्षयता महाअभियान चलाउँदै आएका छन् ।

Image Source: © https://mulpatra.com

मागपत्रमा संविधान खारेजदेखि, हिन्दुराष्ट्र पुनस्र्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन् । साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेको छ । पहिलो नम्बरमा नेपाल नेपालीले नै बनाउने र यहाँको व्यापार पनि नेपालीले नै गर्न पाउने वातावरण बनाउन माग गरेका राखेका छन् ।

त्यस्तै संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने पनि माग उनको छ ।

त्यस्तै प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग छ । बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

नेपालमै सीपअनुसारको रोजगारी र खाडीका जेलमा बस्न बाध्य करिब ७ हजार युवालाई सरकारको पहलमा स्वदेश फिर्ता गराउनुपर्ने माग पनि ज्ञापनपत्रमा उल्लेख छ ।

सर्वहारा र भुईँमान्छले लघुवित्त र सहकारीबाट लिएको २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग प्रसाईं समूहले राखेको छ । यसैगरी २० लाख भन्दा बढीको ऋण २५ किस्ताबन्दीमा पाँच प्रतिशत ब्याजदरमा तिर्न पाउनुपर्ने सुविधाको माग पनि प्रसाईं समूहले राखेको छ ।

साथै मागपत्रको २२ नम्बरमा निजामती कर्मचारी, सेना, प्रहरी र शिक्षकको मासिक तलब न्यूनतम एक लाख हुनुपर्ने माग राखिएको छ । जीवन निर्वाहका लागि पर्याप्त तलब हुँदा भ्रष्टाचार रोकिने आशयसहित यो माग राखिएको छ