Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एक महिनामा के भयो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा

एक महिनामा के भयो नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा
  • २९ कार्तिक २०८२, शुक्रबार ०७:३६

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सबैले धारणा राख्नेकाम सकिएको छ । असोज २८ बाट शुरु आफ्ना धारणा राख्न शुरु भएको बैठक कात्तिक २८ मा आएर सदस्य, पदाधिकारी सबैले बोली सकेका छन् ।

mulpatra

जेनजी आन्दोलन पछि विकसित राजनीतिक परिस्थिति र पार्टीको १५ औं महाधिवेशनका मा बैठक केन्द्रित भएको थियो । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतले उठाउँदै आएको महाधिवेशनको कार्यतालिकामा सहमति नहुने भए पछि विशेष महाधिवेशनका लागि ५४ प्रतिशत सदस्यहरुको हस्ताक्षर समेत बुझाइएको थियो ।

पुष महिनामा पार्टीको नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका महामन्त्री गगन थापाको प्रस्तावमा सहमति हुन नसके पछि बैठकमा विशेष महाधिवेशन गर्ने दबाबमा पार्टी रहेको छ ।

mulpatra mulpatra mulpatra

तर इतर समुह भने विशेष महाधिवेशनको प्रस्तावलाई पन्छाउँदै चुनावअघि महाधिवेशन गर्नु नहुने पक्षमा उभिएको छ । दुई पक्षको विवादले महाधिवेशनको टुंगो कहिले गर्ने भन्ने छलफलका लागि एक दिन समय खाली राखिएको महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन् ।

महाधिवेशन कहिले गर्ने भन्ने विवाद नमिल्ने देखिएपछि नेताहरूले मध्यमार्गी प्रस्ताव ल्याएर मिलाउन खोजीरहेको समेत शर्माले जनाएको छन् । एक महिना सम्म चलेको छलफलको निर्णयका लागि बैठक शनिबारका लागि बोलाइएको छ ।