सभामुखको निर्णय प्रतिशोध र आवेगमा आएको उपसभामुखको आरोप
काठमाडौंं । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि दर्ता भएको अविश्वास प्रस्तावले मधेश तरंगित भएको छ । आफुमाथि अविश्वास प्रस्ताव दर्र्ता भएपछि सभामुखले लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै पाँचजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेका थिए ।

सभामुखले कारवाही गरेको सुचना जारी गरेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले सुचना जारी गर्दै पाँच जना प्रदेश सभा सदस्यको कारबाही बदर भएको जनाएकी छन् ।
सभामुखले संविधानको धारा १८० मा भएको प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था लाई टेकेर कारवाही गरेको सुचना जारी गरेका थिए । उक्त धारामा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था रहेको छ ।
त्यसलाई प्रतिवाद गर्दै उपसभामुखले कारवाही गरिएका ५ जना कात्तिक २२ गतेको बैठकमा उपस्थित भएको हाजिरी र भिडियो रेकर्ड रहेको जनाएकी छिन् ।
![]() |
![]() |
![]() |
|---|
मधेश प्रदेश सभाको मिति २०८२र७र२२ गतेको बैठकमा सम्पूर्ण माननीयज्यूहरु उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट देखिएकोले सो पद रिक्त सम्बन्धी सूचना बदर गरिएको उपसभामुखको दावि रहेको छ ।
५ जना सदस्यलाई कारवाही गर्ने सभामुखको निर्णय प्रतिशोध र आवेगमा आएको उपसभामुखको आरोप रहेको छ ।
कारवाही परेका भनिएका सांसदहरु नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन् ।
Image Source: © https://mulpatra.com




