सुरक्षा चुनौति रहेको मधेश प्रदेश मुख्यमन्त्री यादवको भनाई

सुरक्षा चुनौति रहेको मधेश प्रदेश मुख्यमन्त्री यादवको भनाई
  • ३० कार्तिक २०८२, शनिबार १२:०५

काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेकोले संवेदनशील भइदिन सुरक्षा निकायले भनेको बताएका छन् ।
नियम विपरित मुख्यमन्त्री नियुक्ती गरेको भन्दै सरकारले प्रदेश प्रमुखलाई हटाइसकेको छ भने होटलमा सपथ खुवाएको विषयले मुख्यमन्त्री आफै विवादित बनेका थिए । त्यहि विषयलाई लिएर प्रदेशमा नारावाजी, तोडफोड र निरन्तर आन्दोलन चलिरहेको बेला मुख्यमन्त्रीले सुरक्षा चूनौति रहेको जनाएका छन् ।

mulpatra

‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो । सीमित कार्यक्रमहरू राख्नुपर्‍यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्‍यो भनेर आएको छ । म आफै सुरक्षित नहुँदा अन्य दलका संसादहरूलाई पनि सुरक्षा चुनौती हुने जिकिर समेत उनले गरेका छन् ।

उनले आन्दोलनकारीबाटै सुरक्षा थ्रेट समेत रहेको बताएका छन् । मुख्यमन्त्रीको नियुक्तिको विषयलाई लिएर विपक्षी दलहरुले प्रदेशमा आन्दोलन गरिरहेका छन्