Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सुरक्षा चुनौति रहेको मधेश प्रदेश मुख्यमन्त्री यादवको भनाई

सुरक्षा चुनौति रहेको मधेश प्रदेश मुख्यमन्त्री यादवको भनाई
  • ३० कार्तिक २०८२, शनिबार १२:०५

काठमाडौं । मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई सुरक्षा चुनौती रहेकोले संवेदनशील भइदिन सुरक्षा निकायले भनेको बताएका छन् ।
नियम विपरित मुख्यमन्त्री नियुक्ती गरेको भन्दै सरकारले प्रदेश प्रमुखलाई हटाइसकेको छ भने होटलमा सपथ खुवाएको विषयले मुख्यमन्त्री आफै विवादित बनेका थिए । त्यहि विषयलाई लिएर प्रदेशमा नारावाजी, तोडफोड र निरन्तर आन्दोलन चलिरहेको बेला मुख्यमन्त्रीले सुरक्षा चूनौति रहेको जनाएका छन् ।

mulpatra

‘सुरक्षा निकायकै रिपोर्टिङअनुसार मुख्यमन्त्रीज्यू विशेष कार्यक्रमहरू अलिकति कम गर्नुपर्‍यो । सीमित कार्यक्रमहरू राख्नुपर्‍यो । सुरक्षा चुनौती छ । संवेदनशील भइदिनुपर्‍यो भनेर आएको छ । म आफै सुरक्षित नहुँदा अन्य दलका संसादहरूलाई पनि सुरक्षा चुनौती हुने जिकिर समेत उनले गरेका छन् ।

उनले आन्दोलनकारीबाटै सुरक्षा थ्रेट समेत रहेको बताएका छन् । मुख्यमन्त्रीको नियुक्तिको विषयलाई लिएर विपक्षी दलहरुले प्रदेशमा आन्दोलन गरिरहेका छन्

mulpatra mulpatra mulpatra