कोरियन भाषा परीक्षा भोलिदेखि सुरु हुँदै

कोरियन भाषा परीक्षा भोलिदेखि सुरु हुँदै
  • १ मंसिर २०८२, आईतवार ११:४७

काठमाडौं । २०२५ को उत्पादनमुलक क्षेत्र तर्फको कोरियन भाषा परीक्षा भोलिदेखि सुरु हुँदै छ। उत्पादनमुलक क्षेत्रतर्फ परिक्षामा सहभागी हुन ६७ हजार २९७ ले फर्म भरेका छन् । उनीहरुको परिक्षा भोली देखि शुरु भएर माघ २७ गतेसम्म सञ्चालन हुने छ।

mulpatra

कोरिया भाषा शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म परिक्षाका लागि आवेदन मागे गरेको थियो । यसपालि कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका थिए ।
यस पटकको भाषा परीक्षाबाट अनुमानित ३ हजार ५०० जना उत्पादनक्षेत्रमा छनौट हुन सक्ने शाखाले अनुमान गरेको छ भन अन्यमा १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ।

परिक्षार्थी धेरै रहेका कारण दिनमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन गरिने भाषा परिक्षा शाखाले जनाएको छ ।