Close

Recent Posts

नेपाली कम्युनिस्ट पार्टीका नेताहरू कार्यक्रम निर्माणका लागि छलफलमा जुटे

नेपाली कम्युनिस्ट पार्टीका नेताहरू कार्यक्रम निर्माणका लागि छलफलमा जुटे
  • १ मंसिर २०८२, आईतवार १६:३३

काठमाडौं– नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेताहरू छलफलमा जुटेका छन् । बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधव नेपाल, वामदेव गौतम, भीम रावल, अग्निप्रसाद सापकोटा, महिन्द्रराय यादव, नन्दबहादुर पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ ।

mulpatra

आइतबार दिउँसो नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्वपदाधिकारी तहका नेताहरू छलफलमा जुटेका हुन्। । बैठकले प्रदेश–प्रदेशमा एकता सन्देश कार्यक्रम गर्न स्थान र समय तय गर्नेबारे पनि छलफल चलिरहेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न दर्जन वाम घटकबीच कात्तिक १९ मा एकता भइ नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो ।

mulpatra mulpatra mulpatra