गुरुङको गुण्डागर्दी शैलीप्रति असन्तुष्टि जनाउँदै एशिया लिंकका सञ्चालक कट्टेलले संघको सदस्यता त्यागगुरुङकै कारण संघ विभाजनको संघारमा, जापानको रोजगारीको कमिशनको चक्कर पनि
काठमाडौं– नेपाल वैदेशिक रोजगार संघबाट सदस्य मिलन कट्टेलले सदस्यता त्यागेएका छन् । अध्यक्ष भुवनसिंह गुरुङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कट्टेलकाे विज्ञप्तीमा सदस्यता त्यागिएकाे भनिएको छ ।

एशिया लिंक सर्भिसेज प्रालिनका सञ्चालनक कट्टेलले संघको औचित्य समाप्त हुने गरी अध्यक्षले व्यवहार देखाएको आरोप लगाएका छन् । नेतृत्वकै कारण संघ व्यवसायीको घर नभई व्यवसायीलाई डर, असुरक्षा र अपमान महसुस गराइने ठाउँ बनेको उनको जिकिर छ ।
‘सिनामंगलस्थित भैरव म्यानपावरसम्बन्धी विषयलाई लिएर अध्यक्षले आधिकारिक ग्रुपमा व्यक्त गरेको धारणा र त्यो धारणामा तल्लो स्तरको भाषा, धम्की थर्काइ, व्यवसायीविरोधी अभिव्यक्तिले म लगायत धेरै व्यवसायीहरुमा गम्भीर निराशा र असुरक्षित महसुस गरिएको छ । नेतृत्वले व्यवसायीको अभिभावक बन्नुपर्ने ठाउँमा पटकेमा जेल जान्छ भन्ने धम्की दिने, पीडित पक्षलाई नबोलाउने, सत्य तथ्य नसुन्ने, अनधिकृत व्यक्तिहरूलाई फोन गराएर व्यवसायीलाई ब्ल्याक मेल गराउने, अध्यक्षीय हैसियतमा संघलाई होइन, व्यक्तिगत अहं बचाउने शैलीमा धारणा राख्ने र व्यवसायीविरुद्ध उभिने व्यक्तिहरूको संरक्षण गर्ने आएको छ’, उनले राजीनामा पत्रमा लेखेका छन् ।
मिलनको विज्ञप्ती


व्यवसायीको हक हितमा काम गर्न नसकेको उल्टै जेल हाल्ने धम्की दिएकाले धेरै सदस्य बाहिरिने मनस्थितिमा पुगेको मिलनजस्तै धेरै व्यवसायीको आरोप छ । जापानको एसएसडब्लूमा सुरुमा आफ्नो एजेन्सीबाट काम गराउन खोजेको र अध्यक्षले नै चर्को कमिसन तिरेर अन्य व्यवसायीको काम हत्याएको आरोप छ ।
अध्यक्ष गुरुङ नै व्यवसायीको मयार्दित विपरित काम गर्दै आएका छन् । उनले व्यवसायीलाई आन्तरिक रुपमा धम्की समेत दिदै आएका छन् । उनी वैदेशिक रोजगारी क्षेत्रमा सिण्डिकेट लगाउन लागि परेको आरोप छ ।
गुरुङले व्यवसायीका लागि भन्दा आफनो स्वार्थका लागि काम गदै आएपछि धेरै व्यवसायीले असन्तुष्ट व्यक्त गदै आएका छन् । अहिले संघका पदाधिकारी नै गुरुङको राजिनामा माग्न थालेका छन् ।
