बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा मृत्यु दण्डको सजाय
काठमाडौं । सोमबार बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना, पूर्व गृह मन्त्री असदुज्जामान खान कमाल र पूर्व आइजिपी चौधरी अब्दुल्लाह अल–मामुनलाई जुलाई–अगस्ट २०२४ को विद्यार्थी आन्दोलनमाथि भएको घातक दमनको निर्देशन र संचालन गरेको अभियोगमा मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ।

इन्टरनेसनल क्राइम ट्रिब्यूनलले यी तीन नेताहरूले सुरक्षा निकाय र सत्तारूढ दलका कार्यकर्ताहरूद्वारा गरिएका हत्या, यातना, बेपत्ता पार्ने, र आगजनी जस्ता अपराधहरूमा ‘कमाण्ड जिम्मेवारी’ वहन गरेको ठहर गरेको छ। अभियोग पक्षका दाबी स्वीकार गर्दै, अदालतले शेख हसिनाले दिएको आदेश—जसमध्ये हेलिकप्टर, ड्रोन र घातक बल प्रयोगको अनुमति—ले संगठित हिंसा हुन मार्ग प्रशस्त गरेको निष्कर्ष निकालेको छ।
हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ। प्रहरीलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ।
![]() |
![]() |
![]() |
|---|
यता प्रदर्शनकारीहरुले हसिनालाई मृत्युदण्डको फैसला हुनुपर्ने माग सहित आन्दोलन गरिरहेका छन् । स्थिति नियन्त्रण बाहिर जान नदिन ढाकामा आगजनी, ककटेल विष्फोट, प्रहरी तथा सर्वसाधारणमाथि आक्रमण गर्ने जो–कसैलाई पनि ‘देख्नेबित्तिकै गोली हान्ने’ आदेश जारी गरेको समेत विभिन्न सन्चारमाध्यमले जनाएका छन् ।



