Close

Recent Posts

नागरिक समाजसँग छलफलमा प्रधानमन्त्री

नागरिक समाजसँग छलफलमा प्रधानमन्त्री
  • २ मंसिर २०८२, सोमबार १४:५६

काठमाडौं । जेनजी आन्दोलनबाट बनेकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नागरिक समाजका अगुवा प्रतिनिधिहरूसँग भेटघाट गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नागरिक समाजका अगुवाहरु पुगेपछि छलफल चलिरहेको कार्यालयले जनाएको छ ।

mulpatra


प्रधानमन्त्रीसँगको छलफलमा नागरिक समाजका जेबी विश्वकर्मा, केदार भक्त माथे, स्टेला तामाङ, विजयकान्त कर्ण, दीपेन्द्र घिमिरे, राजुप्रसाद चापागाईँ, गीता शर्मा, दोभान राई, विजय तिमल्सिना, खगेन्द्र सङ्ग्रौला, इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, तुलानारायण साह, रेवती कार्की, शिशिर उप्रेती सहभागी भएका छन् ।

सरकारले घोषणा गरेको निर्वाचन, जेनजी आन्दोलनले पारेको प्रभाव र उनीहरुको माग सम्बोधन र निर्वाचन भयरहित, शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आवश्यक विषयहरुमा छलफल हुने जनाइएको छ।

mulpatra mulpatra mulpatra