संघमा अध्यक्षको असान्दर्भिक कार्यशैलीप्रति आक्रोश बढ्दो, सदस्यता त्याग्न थालेपछि संघ विभाजनको संघारमागुरुङ आफु काम गर्न नसक्ने, प्रतिशोध साँध्ने र म्यानपावरमै छापा मार्न लगाउने धम्की दिन्छन्
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सदस्यता म्यानपावर व्यवसायी त्याग्न थालेका छन् । यसको मुख्यका कारण स्यंम संघका अध्यक्ष भुवन गुरुङ रहेको संघकै पदाधिकारीहरुको आरोप छ ।

संघका अध्यक्ष भुवनसिंह गुरुङको व्यवहार, अराजकपन र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै व्यवसायीले सदस्यता त्याग्न थालेको म्यानपावर सञ्चालकबीचमै चर्चा छ ।
आइतवार संघका अध्यक्षको व्यवहार र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै व्यवसायी मिलन कट्टेलले सदस्यता त्यागेको घोषणा गरेका थिए । उनले आफनै कार्यालय लेटर हेडमार्फत विज्ञप्ती निकालेर संघको सदस्यता त्यागेको घोषणा गरेका थिए ।
उनीहरुसँग अन्य म्यानपावर व्यवसायीले समेत संघको सदस्यता त्याग्न थालेका छन् । जब सेन्टर, सक्सेस नेपाल हुम्यान रिसोर्स र म्यानपावर एजेन्सी नेपालले समेत संघको सदस्यता त्यागेको संघकै एक जना पदाधिकारीले जानकारी दिए । उनीहरुसँगै ३ सयभन्दा बढी व्यवसायीले संघको सदस्यता त्याग्नका लागि तयारी अवस्थामा बसेको सूचना पाएको गुरुङनिटक एक व्यवसायीले जानकारी दिए ।
गुरुङकै कारण संघको बदनाम, संघमाथि प्रश्न र व्यवसायीमाथि बह्य आक्रमण भइरहेको म्यानपावर सञ्चालकहरु नै व्यवसायीको गुनासो गदै आएका छन् ।
उनकाअनुसार अध्यक्ष गुरुङ आफु काम गर्न नसक्ने, व्यवसायीसँगै प्रतिशोधमा उक्रिने, विभिन्न देशबाट भिसा चर्को मुल्य किनेर ल्याएर कामदार ठग्ने र म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभाग लगाएर छापा मार्न लगाउने धम्की दिने जस्ता व्यवहार र धम्कीप्रति व्यवसायी आक्रोश छन् । यीनै कारण संघकै पदाधिकारीले गुरुङको राजिनामा समेत माग्न थालेका छन् ।
कार्यवाहक नतोकि विदेश भ्रमणमा जाने, संघलाई नेतृत्वविहिन बनाउने र व्यवसायीबीचमै मतभेद सिर्जना गरी फाइदा लिने खोज्ने जस्ता अराजक कार्यमा गुरुङ अग्रसर छन् ।
संघभित्रकै पदाधिकारीले समेत गुरुङको व्यवहार, अराजकपन र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीमाथि पटक–पकट प्रश्न उठाउने थालेका छन् । गुरुङले सञ्चारकर्मी र मिडिया हाउस तोडफोड गर्नुपर्ने, उनको कार्यशैलीप्रति प्रश्न उठाउने म्यानपावर सञ्चालकलाई कारवाही गर्ने र संघले चलाएको ग्रुपबाट हटाउने जस्ता काम गदै आएका छन् ।
गुरुङले व्यवसायी र वैदेशिक रोजगारी क्षेत्रका समस्याका बारेमा सरकार र सम्बन्धीत निकायसँग बहससँग दबाब सिर्जना गर्ने नसक्ने, उनको कार्यशैली सरकारी प्रतिनिधिले मन नपराउने र उनीसँग छलफल गर्न सरकारका उच्च अधिकारीहरु तर्किने गरेका छन् । यसको मुख्य कारण भनेको उनी व्यवसायीमाथि धरपकड गर्नुपर्छ भनेर म्यानपावरकै कुरा बोकेर सरकारी कार्यालय पुग्छन् । जसका कारण उनीसँग बहस गर्न मन नपर्ने कर्मचारी नै बताउँछन् ।
गुरुङले व्यवसायीको हकहितमा भन्दा संघको नियम विपरित विदेश भ्रमण, व्यवसायीलाई कारवाही गर्ने धम्की, विचौलियासँग मिलेर वैदेशिक रोजगारीमा क्षेत्रमा समस्या सिर्जना गर्ने जस्ता कार्य गदै आएको संघकै बैंठकमा आरोप लाग्ने गरेको छ ।
साथै गुरुङले बदनाम र अराजक तराई वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्षमा अख्तर हुसेन प्रयोग गरी केही व्यवसायीलाई धम्क्याउने समेत लगाउने गरेका छन् । अख्तर हुसेनले आफु जेनजीको प्रतिनिधि र मिडिया सञ्चालक भन्दै म्यानपावर व्यवसायीलाई नै धम्क्याउँदै आएका छन् ।
जेनजी आन्दोलनपछि रोजगारदाता देशले नेपाललाई डिमाण्ड दिनमा कडाइ गरेका छन् । भने यूएई भिसा नै रोकेको थियो । यस विषयमा गुरुङले केही पहल गर्न सकेनन् । खाडी र मलेसिया मात्र होइन अन्य देशको समस्या, लागत खर्च र वैदेशिक रोजगारीका समस्यामा गुरुङ गुमनाम देखिएको व्यवसायीकै आरोप छ ।
