गृहमन्त्रीसँग वार्ता नगर्ने भनेका प्रसाईलाई उनैले थुनाए
काठमाडौँ । मध्यरातमा बिना सुचना नागरिक बचाउ महाअभियानका नेता दुर्गा प्रसाईलाई पक्राउ गरेपछि उपत्यकामा उच्च प्रहरी सतर्कता अपनाएको छ । ठाउँठाउँमा निगरानीका लागि प्रहरी खटाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै दुर्गा प्रसाईंलाई गए राति पक्राउ गरेको थियो ।

उनका समर्थकहरु सडकमा आउनसक्ने भन्दै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । । ‘मातृभूमि बचाउ’ अभियानमार्फत मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेका प्रसाईलाई गृह मन्त्रालयले वार्तामा बोलाएको थियो । तर प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने भनेका प्रसाईले गृहमन्त्रीसँगको वार्तामा आफ्ना प्रतिनिधि मात्र पठाएका थिए ।
मंसिर ७ को कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हिजो मात्र अभियन्ता दुर्गा प्रसाईँले भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने कार्यमा हालका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका थिए ।
मंसिर ७ को कार्यक्रम तयारी हुँदै गर्दा प्रसाईलाई पक्राउ गर्नुमा सरकारको हतास मनस्थीतिको उपज रहेको भन्दै गृहमन्त्रीसँग वार्तामा नबस्ने भनेपछि गृहमन्त्रीले रिसइवी साँदेको उनी निकट श्रोतले जनाएको छ ।
प्रसाईले जेनजी आन्दोलन पछि बनेको शुसिला नेतृत्वको सरकारको विरोध गर्दै आइरहेका थिए । यो सरकार संवैधानिक नरहेको र जेनजी आन्दोलनमा खरबौको क्षतिमा यही सरकारमा रहेकाहरुको हातरहेको उनको आरोप थियो । सरकार संवैधानिक नरहेको भनेर सडक तताएको एमाले र प्रसाईको नागरिक बचाउ अभियान सरकारको प्रतिपक्षी भएर काम गर्न थालेपछि सरकार डराएको र प्रसाईको आन्दोलनमा एमालेसमेत सहभागी हुने आंकलन गरेर नै प्रसाईलाई पक्राउ गरेको भरखरै नागरिक बचाउ दल दर्ता गरेका दलका अध्यक्ष माधव खतिवडाले जनाएका छन् ।
यसअघि २०८१ चैत १५ को आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए ।
