Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

गृहमन्त्रीसँग वार्ता नगर्ने भनेका प्रसाईलाई उनैले थुनाए

गृहमन्त्रीसँग वार्ता नगर्ने भनेका प्रसाईलाई उनैले थुनाए
  • ३ मंसिर २०८२, मंगलवार ०८:४४

काठमाडौँ । मध्यरातमा बिना सुचना नागरिक बचाउ महाअभियानका नेता दुर्गा प्रसाईलाई पक्राउ गरेपछि उपत्यकामा उच्च प्रहरी सतर्कता अपनाएको छ । ठाउँठाउँमा निगरानीका लागि प्रहरी खटाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै दुर्गा प्रसाईंलाई गए राति पक्राउ गरेको थियो ।

mulpatra

उनका समर्थकहरु सडकमा आउनसक्ने भन्दै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ । । ‘मातृभूमि बचाउ’ अभियानमार्फत मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेका प्रसाईलाई गृह मन्त्रालयले वार्तामा बोलाएको थियो । तर प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने भनेका प्रसाईले गृहमन्त्रीसँगको वार्तामा आफ्ना प्रतिनिधि मात्र पठाएका थिए ।

मंसिर ७ को कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हिजो मात्र अभियन्ता दुर्गा प्रसाईँले भदौ २४ गते सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने कार्यमा हालका प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको प्रत्यक्ष भूमिका रहेको आरोप लगाएका थिए ।

mulpatra mulpatra mulpatra

मंसिर ७ को कार्यक्रम तयारी हुँदै गर्दा प्रसाईलाई पक्राउ गर्नुमा सरकारको हतास मनस्थीतिको उपज रहेको भन्दै गृहमन्त्रीसँग वार्तामा नबस्ने भनेपछि गृहमन्त्रीले रिसइवी साँदेको उनी निकट श्रोतले जनाएको छ ।

प्रसाईले जेनजी आन्दोलन पछि बनेको शुसिला नेतृत्वको सरकारको विरोध गर्दै आइरहेका थिए । यो सरकार संवैधानिक नरहेको र जेनजी आन्दोलनमा खरबौको क्षतिमा यही सरकारमा रहेकाहरुको हातरहेको उनको आरोप थियो । सरकार संवैधानिक नरहेको भनेर सडक तताएको एमाले र प्रसाईको नागरिक बचाउ अभियान सरकारको प्रतिपक्षी भएर काम गर्न थालेपछि सरकार डराएको र प्रसाईको आन्दोलनमा एमालेसमेत सहभागी हुने आंकलन गरेर नै प्रसाईलाई पक्राउ गरेको भरखरै नागरिक बचाउ दल दर्ता गरेका दलका अध्यक्ष माधव खतिवडाले जनाएका छन् ।

यसअघि २०८१ चैत १५ को आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए ।

Image Source: © https://mulpatra.com