सरकार गठनको संवैधानिक निकासबारे छलफल गर्दै विघटित संसदका एमाले सांसदहरु
काठमाडौं । जेनजी आन्दोलनका कारण सत्ता गुमाएको एमालेले आज विघटित संसदका आफ्ना सदस्यहरुको बैठक राखेको छ । संसद् पुनर्स्थापनाको लागि दबाब दिँदै आएको एमालेको संसदहरुको दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्दै छ ।

सुसिला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको ठहर गरेको एमालको आजको बैठकमा विकसित पछिल्लो राजनीतिक, परिस्थिति र यसको संवैधानिक निकासबारे छलफल हुने नेता महेश बर्तौलाले जानकारी दिएका छन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै देशव्यापी कार्यक्रममा गरिरहेको एमालले यही ५ गते राजधानी केन्द्रित विरोध तथा शक्ति प्रदर्शन गर्ने भएको छ । त्यसको तयारीबारे समेत छलफल हुने बर्तौलाले बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रतिनिधिसभा पुनःस्थापनाका लागि दबाब दिन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर संकलन पनि गरिरहेको छ । यसबीच सरकारले निर्वाचन घोषणा गरिसकेको सन्दर्भमा संसद ब्युँताउने माग लिएर संवैधानिक परिषद्मा जाने या नजाने, कानुनी प्रक्रियामा प्रत्यक्ष सहभागी हुने या नहुने भन्ने बारेमा समेत छलफल हुने उनले बताएका छन् ।



