पञ्जिकरण विभागको वेबसाइट ह्याक, दुर्गा प्रसाईलाई रिहा गर्न माग
काठमाडौं । नेपाल सरकारको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक भएको छ । आज विहान देखि ह्याक भएको वेवसाइडमा हिजो राति पक्राउ परेका दुर्गा प्रसाईलाई रिहा गर्ने माग सहितको डिस्प्ले आएको सार्वजनिक भएको थियो ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले वेबसाइट ह्याक भएको भएपनि चाँडै रिकभर हुने बताएका छन् । हालसम्म डाटाहरु सुरक्षित रहेको समेत उनले बताएका छन् ।
‘नेपाली फर नेपाल’ नामको ह्याकर भएको र देश जोगाउने काममा लागिरहेको जनाएका थिए । हाल उक्त साइट नखुल्ने भएको हुनाले पन्जिकरणको अनलाइन हुने काम बन्द रहेको समेत कार्यालयले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



