मोटरसाइकलबाट आगो लाग्दा ४ घर जलेर नष्ट

मोटरसाइकलबाट आगो लाग्दा ४ घर जलेर नष्ट
  • ४ मंसिर २०८२, बुधबार ०७:४४

ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला ४ साँबा, तेम्बामा गएराति चार घर जलेर नष्ट भएका छन् । घर नजिकै रोकेर राखेको मोटरसाइकलबाट अचानक आगो लागेको थियो । मोटरसाइकलको आगो निभाउन नसकेपछि आगो घरमा सल्किएको थियो ।

mulpatra

त्यसरी सल्किएको आगोले ४ घर खरानी बनाएको राजकुमार साँवाले जनाएका छन् । राजकुमार सहित इन्द्रकुमार साँबा, विष्णु साँबा र अनिल साँबाका घर समेत जलेका हुन् ।

जलेका ४ वटा घरमा होटल व्यावसाय र परिवार समेत बस्दै आएका थिए । आगलागीमा मानवीय क्षति भने हुन नपाएपछि ठूलो धनराशि जलेर नष्ट भएको छ ।