आयोगमा दर्ता रहेका दलसँग परामर्शमा प्रधानमन्त्री

आयोगमा दर्ता रहेका दलसँग परामर्शमा प्रधानमन्त्री
  • ४ मंसिर २०८२, बुधबार १०:३४

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन लक्षित गरेर राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छिन् ।

mulpatra

दिउसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छलफलमा निर्वाचन आयोगमा दर्ता रहेका दलहरुलाई बोलाईएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता रहेका १ सय २३ दलहरुलाई नै छलफलमा बोलाइएको छ । दलहरुलाई सरकारका चुनावका तयारी र प्राथमिकताबारे जानकारी दिने उद्देश्य रहेको सचिवालयले जनाएको छ ।