५० अर्ब तान्दै राष्ट्र बैंक

५० अर्ब तान्दै राष्ट्र बैंक
  • ४ मंसिर २०८२, बुधबार १०:५८

काठमाडौँ — बजारमा अधिक तरलता रहेपछि आज फेरि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तान्न थालेको छ । बैंक तथा वित्तीय संस्थामा पैसा धेरै भएको र लगानी गर्ने वातावरण समेत तयार नभइसकेकोले राष्ट्र बैंकले ८४ दिनका लागि भनेर ५० अर्ब संकलन गर्ने सुचना जारी गरेको छ ।

mulpatra

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभाग द्धारा जारी सुचनामा बोलकबोलको आधारमा ब्याजदर निर्धारण हुने र ५० अर्ब रुपैया सम्म कबोल गर्न सकिने जनाएको छ । सुचना अनुसार निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

पछिल्लो तीन वर्षयता राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ ।

निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।