Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको आग्रहः एमालेलाई चुनावमा आउन आग्रह गरौं

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको आग्रहः एमालेलाई चुनावमा आउन आग्रह गरौं
  • ४ मंसिर २०८२, बुधबार १४:३५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आज सिमरामा भएको घटना र कर्फ्यु आदेश जारी गरेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

mulpatra

शर्माले सिमराको घटनाका विषयमा सामाजिक सन्जालमा लेख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका छन्। ध्यानाकर्षण गराउने उनले लेखेका छन् ‘एमाले चुनावको विपक्षमा उभिएको छ त उसलाई चुनावमा आउन आग्रह गरौं’ ।
यो सँगै उनले मधेश प्रदेशमा भएको मुख्यमन्त्रीको नियुक्ति र नेकपा एमालेका केही नेताले जेनजी विरुद्ध दिएका अभिव्यक्ति प्रति पनि कटाक्ष गरेका छन् । उनले लेखेका छन् ‘मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ जेनजी विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं ।’

यतिहुँदा हुँदै पनि आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न नमिल्ने र त्यसले झनै द्वन्द्व बढाउने कुरा राखेका छन् ।

mulpatra mulpatra mulpatra

यस्तो परिस्थितिमा भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ भन्दै प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण गराएका छन् ।
आज बारा जिल्लामा एमालेले जनप्रदर्शन गर्ने तय भएको थियो उक्त भेलालाई सम्बोधन गर्न पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत जाँदै थिए।
महेश बस्नेतको विरोधमा उत्रिएका जेनजीका युवाहरु विहानै देखि भेला हुँदै गर्दा नेताहरु सिमरा नपुग्दै जेनजी र प्रहरीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले बेलुकी ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।