Close

Recent Posts

कुलमानको घरमा फोहोर पुर्‍याइदिनु भन्दै स्थानियले बञ्चरेडाँडाबाट गाडी फकाए

कुलमानको घरमा फोहोर पुर्‍याइदिनु भन्दै स्थानियले बञ्चरेडाँडाबाट गाडी फकाए
  • ४ मंसिर २०८२, बुधबार १४:५९

काठमाडौं– बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध सुरु भएको छ । त्यहाँका स्थानियले फोहोर विसर्जनका लागि गएका गाडी फकाइ दिएका छन् ।

mulpatra

सहरी विकासमन्त्री कुलमान घिसिङको घरमा फोहार पुर्‍याइदिनु स्थानियले फोहोर बोेकेको गाडी फकाएका हुन ।

नुवाकोटको ककनी र धादिङको धुनबँसीस्थित बञ्चरेडाँडामा फोहर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको अवरोधका कारण उपत्यकाबाट फोहर बोकेर आएका गाडीलाई काठमाडौं फिर्ता पठाइएको छ ।

mulpatra mulpatra mulpatra

फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित गरिनुपर्नेलगायत विगतका सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले गत कात्तिक दोस्रो साता अनिश्चितकालीन बन्द घोषणा गरेका थिए ।

फोहोर विसर्जनमा गरिएको अवरोध खुलाउन प्रभावित क्षेत्रमा गत कात्तिक १६ गते पुगेका सहरी विकासमन्त्री कुलमान घिसिङले सहमति कार्यान्वयनको चरणमा लैजान गरेको प्रतिबद्धता पूरा नभएको भन्दै पुनः आजदेखि अवरोध गरिएको धुनबेँसी नगरपालिका–१ का स्थानीय निराञ्जन सञ्जेलले बताए ।