Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रधानमन्त्रीलाई फिर्ता गर्न राष्ट्रपति पौडेललाई जेनजीको ज्ञापनपत्र

प्रधानमन्त्रीलाई फिर्ता गर्न राष्ट्रपति पौडेललाई जेनजीको ज्ञापनपत्र
  • ५ मंसिर २०८२, बिहीबार १५:०२

काठमाडौँ– विभिन्न २३ वटा जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा वर्तमान सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाहीलगायतका अपेक्षा गरिए पनि सरकार चुनावमा मात्र केन्द्रीत भएको गुनासो छ ।

mulpatra

उनीहरुले जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।

‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै भएको थिएन’, राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र सहिद परिवारका माग यो सरकारले तत्काल सम्बोधन गर्नुपर्छ ।’

mulpatra mulpatra mulpatra

राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउनेमा जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क,एनटेक जेनजी, ऋणी एसोसिएसन,जेनजी वाई युनाइटेडलगायत रहेका छन् ।