सिमरामा एक राउण्ड हवाई फायर र तीन राउन्ड अश्रुग्यास प्रहार
काठमाडौं– जेन–जी प्रदर्शनकारीलाई सडक प्रदर्शन रोक्न गरिएको अनुरोध नमानेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार भएको प्रहरीले जनाएको छ ।

बुधवार जेन–जीको शान्तिपूर्ण प्रदर्शनमा गएर अभद्र व्यवहार प्रदर्शन गर्ने अरविन्द साहलाई पक्राउ गर्नुपर्ने उनीहरूको मुख्य माग छ । सडिओले बोलाएको वार्तामा जानका लागि जेन–जीका जिल्ला संयोजक सम्राट उपाध्याय कलैयातर्फ हिँड्नै लाग्दा जेन–जी समूहबीचमै विवाद भएपछि अहिले उनीहरू सिमराको मुख्य बजारमा बैठक बसिरहेका छन् ।
जिल्ला प्रहरी प्रमुख तामाङले साह प्रहरीको निगरानीमै रहेको र पक्राउ गर्ने बाचा गरेका छन् । यद्यपि, उनी पक्राउ परिसकेका छैनन् ।
साह पक्राउ परेपछि मात्रै वार्तामा जाने अडानमा केही जेन–जी समूह छन् । जिल्ला संयोजक उपाध्याय भने वार्तामा हिँडिसकेका थिए । अन्य जेन–जी समूहले आफूहरूको सहमतिबिना वार्तामा जान नपाइने भनेपछि उनी फर्किएर सिमरामा छलफल गरिरहेका छन् ।
