Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

बारामा झडप हुँदा छ प्रहरीसहित १० जना घाइते, राति आठ बजेसम्म कफ्र्यु

बारामा झडप हुँदा छ प्रहरीसहित १० जना घाइते, राति आठ बजेसम्म कफ्र्यु
  • ५ मंसिर २०८२, बिहीबार १६:०१

काठमाडौं– बाराको सिमरामा तनाव नरोकिएपछि स्थानीय प्रशासनले आज पनि कफ्र्यु आदेश जारी गरेको छ । एमालेनिकट युवा संघ र जेन–जी समूहबीच भइरहेको झडप, तोडफोड तथा प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि स्थानीय प्रशासनले कफ्र्यु लगाएको हो ।

mulpatra

बुधबारको झडपपछि केही समय शान्त देखिएको सिमरामा आज फेरि झडप भएपछि कफ्र्यु लगाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । राति ८ बजेसम्म कफ्र्यु जारी रहने र त्यसपछि सुरक्षाको स्थिति हेरेर थप निर्णय हुने उनले बताए ।

पथलैया चोकदेखि दक्षिण जितपुर लल्का पुलसम्मको वीरगञ्ज –पथलैया राजमार्गको दायाँ–बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरभित्र कसैले पनि आवतजावत गर्न, भेला हुन, जुलुश निकाल्न, प्रदर्शन गर्न वा घेराउ गर्न नपाइने आदेशमा उल्लेख छ । यद्यपि, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, कूटनीतिक नियोगका सवारी र हवाई टिकट भएका यात्रुहरूलाई भने सुरक्षाकर्मीले सहजीकरण गर्नेछन् ।

mulpatra mulpatra mulpatra

अहिले पथलैया, सिमरा चोक, परवानीपुर र औद्योगिक करिडोर क्षेत्रभरि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । आज भएको झपडमा छ जना प्रहरी र चार जना जेन–जी कार्यकर्ता घाइते भएका छन् ।