पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा भिड्दै आज

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा भिड्दै आज
  • ६ मंसिर २०८२, शुक्रबार ०८:०५

काठमाडौं । टियु क्रिकेट रंगशालामा भइरहेको बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् ।

mulpatra

आज साँझ ४ बजे देखी सुरु हुने खेल दुबै टिमका लागि एनपिएलको दोश्रो खेल हुनेछ ।

पोखराले विराटनगरसँग प्रतिस्पर्धा गरेको थियो भने सुदुरपश्चिमले काठमाडौं गोर्खाजसँग । पोखराले पहिलो खेल विराटनगरसँग हारिरहँदा सुदुरपश्चिमले भने काठमाडौं माथि जित निकालेको थियो ।

काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको सुदुरपश्चिम लगातार जित्ने दाउँमा रहँदा पोखरा भने पहिलो जित दर्ज गर्ने प्रेसरमा रहने छ ।

यो प्रतिस्पर्धा सुदुरपश्चिमको कम्तानी सम्हालेका दीपेन्द्रसिंह ऐरीको र पोखराको कप्तानी सम्हालेका कुशल भूर्तेल बीचको समेत प्रतिस्पर्धा हुनेछ ।